काठमाडौं : जजिरा एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पुनः उडान थाल्ने भएको छ।
एयरलाइन्सले फागुन २५ गतेदेखि सातामा ३ दिन उडान सुरु गर्ने बताएको छ। विज्ञप्ति जारी गर्दै २५ गते बिहीबारदेखि पुनः उडान सुरु हुने कम्पनीले जनाएको छ ।
स्थानीय समयअनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ः०५ बजे कुवेतका लागि उडान हुने जनाएको छ । त्यस्तै कुवेतबाट सोमबार, बुधबार र शुक्रबार राति ११ः५० बजे उडान हुनेछ ।
भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८ सय ३६ रुपैयाँ तोकिएको सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिए । सोसाइटी इन्टरनेसनल नेपालस्थित जजिरा एयरवेजका जनरल सेल्स एजेन्ट हो।
Advertisment