Below Menu
Below Menu

मोबाइल व्यापार संघ, ताम्राकारको अध्यक्षमा गुरुदत्त शर्मा

मोबाइल व्यापार संघ, ताम्राकारको अध्यक्षमा गुरुदत्त शर्मा

काठमाडौं : मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा निर्वाचित भएका छन् । शर्मा यसअघि सचिव थिए।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल र महासचिवमा गोपाल बहादुर क्षेत्री चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी छन् भने सचिवमा रमण पराजुली र कोषाध्यक्षमा मोती कोइराला निर्वाचित भएका छन्।

साथै कार्यसमिति सदस्यहरुमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डागी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानिया चयन भएका छन्। संघको वरिष्ठ सल्लाहकारमा संजीत पौडेल तथा प्रदिप बानियाँ चयन भएका छन्।

नव निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

नव निर्वाचित अध्यक्ष शर्माले संघले मोबाइल व्यवसायीको समस्याहरूलाई समाधान गर्दै आगामी दिनमा नयाँ योजनाहरू ल्याउने बताए। पछिल्लो समय मोबाइल व्यवसायमा देखिएको चुनौतीहरूले व्यवसायमा असर पारिरहेको र नयाँ नेतृत्वले सबैसँग मिलेर समस्याहरू समाधान गर्ने अध्यक्ष शर्माले बताए । ‘ताम्राकार कम्प्लेक्स देशकै मोबाइल व्यवसायको केन्द्र हो । त्यसैले यहाँका व्यवसायीहरूको समस्या बढ्दा देशभर असर पार्दछ’, उनले भने ।

कार्यक्रममा संस्थापक अध्यक्ष जगत साउदले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीको हकहितमा लाग्न सुझाव दिएका थिए।

Advertisment

थप समाचार