काठमाडौं : नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।
२८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको लागि ३ अर्ब १३ करोड र ३६४ दिन अवधिका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ। उक्त ट्रेजरी बिल क्रमश २०७९ चैत १४ गते र २०८० फागुन १५ गते परिपक्व हुनेछ।
ट्रेजरी बिल एक वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलमा सहभागी हुन सक्छन्।
Advertisment