काठमाडौं : खाँडादेवी जेसिजको आयोजनामा प्रि-इन्डक्सन तथा लोम अफिसर तालिम सफल रुपले सम्पन्न भएको छ।
खाँडादेवी जेसिजका शाखा अध्यक्ष जेसि बिनोद कुमार श्रेष्ठको अध्यक्ष्यतामा गरिएको उक्त तालिममा खाँडादेवि गाउँपालिका-१, राकाथुमका वडा अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, बागेश्वरी सानाकिसान कृषि सहकारीका सस्थापक अध्यक्ष रुद्र बहादुर श्रेष्ठको बिशेष आतिथ्यता थियो । प्रशिक्षक जेसि निस्ता गिरिको प्रशिक्षण रहेको थियो।
गिरिले जेसिज के होश्र कस्तो संस्था हो र जेसिजले के के काम गर्दछ ? पदाधिकारीहरुको भुमिकाहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले खाँडादेवी जेसीजको हरेक कार्यक्रम प्रभावकारी रहेको र आगामी दिनहरुमा पनि सामाजिक रुपान्तरणको लागि खाँडादेवी जेसीजलाई आवस्यक सहयोग गरिने बताए ।
कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सरिता श्रेष्ठले गरेकी थिईन।

Advertisment