Below Menu
Below Menu

कहिल्यै तरलता संकट नबेहोरेको पोखरा रोयल सहकारी

कहिल्यै तरलता संकट नबेहोरेको पोखरा रोयल सहकारी

कास्की : नेपाल मात्रै नभएर, संसारभर नै वित्तीय संकट छ । नेपालमा पनि यसको प्रभाव निकै परेको छ । मुलुकमा आएको आर्थिक मन्दीसँगै बैंक तथा वित्तीय संस्था तरलता संकटबाट गुज्रिरहेका छन् । यसको असर सहकारी क्षेत्रमा पनि छ। 

तर समुदाय र सदस्य केन्द्रित सहकारीलाई पनि अवस्था सहज छ । कतिपय सहकारी संस्थाहरुमा अहिलेको परिस्थितिमा पनि पर्याप्त तरलता छ। त्यसको एक उदाहरण हो कास्की जिल्लामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड । आर्थिक मन्दीका बीचमा पनि संस्थामा प्रयाप्त तरलता छ । अहिलेको अवस्थामा पनि संस्थामा तरलता बढ्दै गएको छ।

असार महिनामा संस्थासँग १७.६६ प्रतिशत तरलता थियो । त्यस्तै साउन महिनामा १७.३० प्रतिशत, भदौ महिनामा १९.०१ प्रतिशत, असोज महिनामा १९.८२ प्रतिशत, कात्र्तिक महिनामा २०.७३ प्रतिशत तरलता संस्थासँग थियो । त्यस्तै मंसिर महिनामा २२.८६ प्रतिशत र पौष महिनामा २४.४८ प्रतिशत तरलता संस्थासँग थियो । माघ महिनामा संस्थामा २४.८० प्रतिशत तरलता छ।

पोखरा रोयल साकोसले तरलता अभावको समस्या कहिले पनि नबेहोरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ्ग बताउँछन् । कोभिड १९को समयमा तरलता बढी हुँदा संस्थालाई लगानीमा समस्या रहेको समेत सुनाए । त्यस समयमा संस्थाले ९ प्रतिशत ब्याजदरमा सदस्यलाई लगानी गरेको थियो। 

सदस्यकेन्द्रित भएर अगाडी बढेको र संस्थाप्रति सदस्यको विश्वास कायम हुँदा तरलता समस्या नरहेको संस्थामा मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए । संस्थाले लो स्प्रेड–रेटमा बचत ऋणको कारोबार गर्दै आएको छ । सहकारी ऐनले ६ प्रतिशत स्प्रेडरेट कायम गर्न भनेपनि संस्थाले ५ प्रतिशत भन्दा कममा कारोबार गर्दै आएको उनले बताए।

संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी २१ करोड ६ लाख, जगेडा कोषमा १५ करोड ७३ लाख, विभिन्न कोषहरुमा ११ करोड ९८ लाख रुपैयाँ रहेको छ । संस्थाको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख रुपैयाँ, बचत संकलन १ अर्ब ६७ करोड ७७ लाख, ऋण लगानी १ अर्ब ७८ करोड रुपैयाँ र कुल सम्पत्ती २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ छ ।
संस्थामा ८ हजार ७ सय ७७ सदस्य आवद्ध छन्।

Follow Up News

Advertisment

थप समाचार