Below Menu
Below Menu

पोखरा रोयल बचतको अर्धवार्षिक समिक्षाः १२१% सम्म उपलब्धी

पोखरा रोयल बचतको अर्धवार्षिक समिक्षाः १२१% सम्म उपलब्धी

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको अर्धवार्षिक समिक्षा शुक्रबार सम्पन्न गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले संस्थाको वित्तीय अवस्था, विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीमा संस्थाको वर्तमान योजना र रणनीति सहितका सम्भावित उपायहरुका बारेमा जानकारी सहितको प्रतिवेदन पेश गरेका थिए।

संस्थाले आर्थिक वर्षको ६ महिनाको अवधिमा अधिकांश लक्षित योजनाहरु हासिल गरेको छ । लक्ष्य अनुसार सदस्यता वृद्धि १२१ प्रतिशत, सदस्य शिक्षा ६० प्रतिशत, बचत वृद्धि १२० प्रतिशत हासिल गरेको छ । त्यस्तै प्रविधिको प्रयोग १०० प्रतिशत, ऋण जोखिम व्यवस्थापन सत प्रतिशत, कुल आम्दानी १०६ प्रतिशत, सञ्चालन बचत (नाफा) ७६ प्रतिशत र कुल सम्पत्ती वृद्धि १०० प्रतिशत हासिल गरेको मुख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए । त्यस्तै संस्थासँग लगानी योग्य रकम (तरलता) २५ प्रतिशत रहेको छ।

समिक्षा गोष्ठीमा संस्थाका सल्लाहकार डा. कालु शर्मा सुवेदी, उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ्ग, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हर्कबहादुर गुरुङ्ग र मुख्य प्रबन्धक मीलन ढकाल लगायतले संस्थाले लिएको रणनीति र योजना सफल बनाउन आ–आफनो तर्फबाट लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।

रोयल दिदिबहिनी किचनको सभाहलमा सम्पन्न गोष्ठीमा संस्थाका सञ्चालक, लेखा तथा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र अधिकृत स्तरका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

Advertisment

थप समाचार