Below Menu
Below Menu

मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति पाइने

मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएमा क्षतिपूर्ति पाइने

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ । उक्त  विनियमावली अनुसार मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा सेवा प्रदायकले ग्राहकलाइ क्षतिपूर्ति दिनु पर्नेछ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । 

विनियमावलीकाअनुसार मोबाइल डेटा, भ्वाइस प्याक, इन्टरनेट प्याकलगायत ग्राहकले खरिद गरेको तर, प्रयोग गर्ने अवधीमा सम्बन्धित सेवा प्रदायकको सर्भिस डाउन भएर ग्राहकले सेवा लिन नपाएमा क्षतिपूर्ति दाबी गर्न पाउनेछन् । विनियमावलीका अनुसार क्षतिपूर्तिका लागि भने ग्राहक आफैंले मागदाबी गर्नुपर्नेछ ।

विनियमावलीमा भनिएको छ, ‘तोकिएको भन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधा बापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदावी गरेमा सम्बन्धित सेवा प्रदायकले ग्राहकलाई दुरुसञ्चार सेवाशुल्क वापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ ।’

फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको सम्बन्धमा शहरी क्षेत्रमा न्युनतम चार घण्टादेखि ४८ घण्टा र ग्रामिण क्षेत्रमा २४ घण्टादेखि ७२ घण्टाभन्दा धेरै समयसम्म इन्टरनेट नचलेको अवस्थामा क्षतिपूर्तिको मागदाबी गर्न सकिने व्यवस्था गरिएको छ ।

क्षतिपूर्ति वापत सेवा प्रदायकले ग्राहकको सेवाको अवधी निःशूल्क थप गर्ने वा महसुलमा दामासाहीले मिनाहा गर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

Advertisment

थप समाचार