Below Menu
Below Menu

सहारा नेपाल सहकारीका प्रमुखले बुझे १ करोड ७ लाख तलब भत्ता

सहारा नेपाल सहकारीका प्रमुखले बुझे १ करोड ७ लाख तलब भत्ता

काठमाडौं : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा कार्यकारी प्रमुखलाई वापत १ करोड ७ लाख ११ हजार २ सय ९७ रुपैयाँ तलब भत्ता दिएको छ।

संस्थाको कर्मचारी प्रशासन नियमावली २०७६ बमोजिम कार्यकारी प्रमुखको आधार तलब कर सहित मासिक ५ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा तलब तथा भत्ता र बोनस वापत संस्थाले १ करोड ७ लाख ११ हजार २ सय ९७ रुपैयाँ भुक्तानी गरेको हो।

गत वर्ष कार्यकारी प्रमुखले तलब तथा भत्ता र बोनस वापत ९१ लाख २६ हजार ९ सय ५१ रुपैयाँ बुझेका थिए।

संस्थाले सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुलाई प्रति बैठक ५ हजार ८ सय ८२ रुपैयाँ करसहित प्रदान गर्दै आएको छ। त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यलाई करसहित प्रति वैठक ५ हजार ८ सय ८२ रुपैयाँ प्रदान गर्दै आएको छ । उपसमिति संयोजकलाई २ हजार ९ सय ४१ रुपैयाँ र सदस्यलाई १ हजार ७ सय ६४ रुपैयाँ प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालक समिति तथा अन्य उपसमितिलाई बैठक भत्ता वापत कुल ४८ लाख ६२ हजार ३ सय २३ रुपैयाँ संस्थाले भुक्तानी गरेको छ। 

झापाको बिर्तामोड-२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी वित्तीय कारोबार र सदस्य सञ्जालको हिसाबले नेपालकै ठुलो सहकारी हो । संस्थाले प्रकाशित गरेको माघ महिनाको परिष्कृत वित्तीय विवरण अनुसार कुल सम्पत्ती १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ।

संस्थामा १ लाख ६० हजार ८ सय ३२ जना सेयर सदस्य रहेका छन् । १० अर्ब ६१ करोड कुल बचत रहेको संस्थाले १२ अर्ब २३ करोड रुपैयाँ ८३ हजारभन्दा बढी सदस्यलाई लगानी गरेको छ।

Advertisment

थप समाचार