काठमाडौं : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सहकारीमा विकृति फैलियो भन्दैमा बचतको सीमा तोकेर सहकारीलाई खुम्च्याउनु सही नभएको बताएका छन्।
आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारीलाई नियमनसँगै कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधीकरण तत्काल आवश्यक रहेको बताए।
‘सहकारी ठूलो बन्दैमा बिग्रिन्छ भन्ने होइन । १० अर्ब भन्दा बढी पुँजी भएको सहकारीहरू पनि रहेका छन्’, उनले भने, ‘कोरोना महामारी र विश्वभर आएको आर्थिक मन्दीको असर नेपालमा पनि परेको छ । यसले गर्दा समग्र वित्तीय क्षेत्रमा समस्या देखिएको छ । सहकारीमा मात्रै यस्तो समस्या देखिएको होइन ।’
गैरकानुनी रुपमा आर्जन भएको पैसा सहकारीमा नआओस यसमा अभियान र आफुहरु सचेत रहेको भन्दै सहकारीमा आएको पैसाबारे राज्यले छानबिन गर्न आग्रह गरे । उनले भने, ‘सरकारले सहकारीको निरन्तर अनुगमन नियमन गरेको भए आज ओरियन्टल, सिभिल सहकारी जन्मने थिएन् ।’
Advertisment