Below Menu
Below Menu

सबै सहकारीलाई एउटै टोकरीमा राखेर नहेरौं: मन्त्री राई

सबै सहकारीलाई एउटै टोकरीमा राखेर  नहेरौं: मन्त्री राई

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सबै सहकारीलाई एउटै टोकरीमा राखेर हर्न नमिल्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालका संघ (इमान) ले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले सबै सहकारी एउटै नभएको भन्दै सबैलाई एकै बास्केटमा राख्न नहुने बताएका हुन् ।

मन्त्री राईले सहकारीहरु खत्तम छन भन्ने कुरा गलत भएको भन्दै गल्ती गरेकाहरुलाई कारबाही गर्नु पर्ने बताए । केही लोभले गर्दा सहकारीमा अहिलेको अवस्था आएको भन्दै यस्ता कार्यहरुलाई रोक्नका लागि गलत गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनको भनाइ थियो । समस्या समाधानका लागि कार्यदल बन्ने काम मात्र हुने गरेको भन्दै कार्यदलले दिएको सुझावलाई कार्यान्वयन गर्नु पर्ने मन्त्री राईको दाबी थियो ।

त्यस्तै समस्या समाधानका विषयमा हुने अन्तरक्रिया कार्यक्रममा उठेका विषयहरु समाधानका लागि कतै बाट पनि आवाज नउठेको उनको भनाइ थियो । अहिले देशको अर्थतन्त्र कमजोर रहेको भन्दै सबै मिलेर अहिलेको समस्या समाधान गर्नु पर्ने उनको भनाइ थियो ।

‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ,’ मन्त्री राइले भने । अहिले सहकारीमा देखिएका समस्या समाधानका लागि आफू सधै सकारात्मक रहेको नको भनाइ थियो ।

Advertisment

थप समाचार