Below Menu
Below Menu

फागुन १४ देखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

फागुन १४ देखि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले ५ वर्षका लागि ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ ‘क’ बिक्री गर्न लागेको हो।

यसको ब्याजदर १२.५०५ तोकेको छ । राष्ट्र बैंकले फागुन १४ गतेदेखि चैत ३ गतेसम्म बिक्री खुला गर्नेछ। उक्त ऋणपत्र चैत १० गते निष्कासन गर्नेछ भने २०८४ चैत १० गते साँवा भुक्तानी गर्नेछ।

राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।

उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका अथवा विदेशमा रोजगारी गरेर फर्केर ६ महिना नपुगेका नेपाली नागरिक, गैर आवासीय नेपालीले आफ्नो परिवारको नाममा खरिद गर्न सक्नेछन्। यसको ब्याज ६­६ महिनामा भुक्तानी हुनेछ ।

Advertisment

थप समाचार