काठमाडौं : टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘एनटर्क स्कुटर माइलेज क्याम्प’ सञ्चालन गरिरहेको छ ।
नेपालभरका ३० मुख्य शहरहरुमा क्याम्प सञ्चालन भईरहेको कम्पनीले जनाएको छ।
कम्पनीको अनुसार यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य ग्राहकहरुसँग भेटघाट र अन्तरक्रिया गर्नु रहेको बताए । ‘नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ, हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ,’ उनले भने।
यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौं, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका उनले जानकारी दिए। माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्ने कम्पनीले बताएको छ।
Advertisment