लघुवित्तको अधिकतम कर्जा सीमा ७ लाख

लघुवित्तको अधिकतम कर्जा सीमा ७ लाख

काठमाडौं : अब लघुवित्त वित्तीय संस्थाहरुले एउटा व्यक्तिलाई ७ लाख रुपैयाँभन्दा बढी ऋण दिन नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन तथा थप गर्दै १५ लाख रुपैयाँसम्म ऋण दिन पाउने व्यवस्था खारेज गरेको छ । यसअघि २ वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका ऋणीलाई १५ लाख रुपैयाँसम्म ऋण दिन पाउने व्यवस्था थियो।

अब विपन्न तथा न्यून आय भएका समूहमा आबद्ध भएका वा नभएका व्यक्तिलाई स्वीकार योग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति बढीमा ७ लाख रुपैयाँसम्म मात्र लघुकर्जा उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

त्यस्तै समूहमा आबद्ध भएको सदस्यलाई एकै अवधिमा समूह कर्जा वा धितो कर्जामध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ । यसअघि प्रवाह भएको कर्जाको हकमा भने साविककै भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न बाधा नपुग्ने निर्देशनमा उल्लेख छ।

Follow Up News
थप समाचार