काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई नयाँ निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन, परिमार्जन र थप गर्दै कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज निक्षेप तथा बचतमा दिनु पर्ने व्यवस्था गरेको छ।
निर्देशनमा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप(बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ।’
निर्देशन नंं १५/०७८ को बुँदा नं. २ थप गरी यस्तो व्यवस्था गरेको हो । यस अघि यो व्यवस्था थिएन।
Advertisment