Below Menu
Below Menu

बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही गर्न गगन थापाको माग

बदनियतले काम गर्ने लघुवित्तलाई कारबाही गर्न गगन थापाको माग

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको उपाय बाहिर ल्याएका छन्।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान  गर्न सकिने र त्यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने बताए। अति न्युन आय भएका गरिबलाई गरिबीको आहलबाट निकाल्नको लागि काम होला भनेको कैयन लघुवित्त संस्थाको कारणले गर्दा गरिबहरु थला पर्न बाध्य भएको उनले बताए।

अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्था, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदै गर्दा हात फैलाउने तर सुपरीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्रबैंकका कारण लघुवित्तमा समस्या आएको उनको भनाई छ।

लघुवितका कारण साँच्चिकै मर्कामा परेकाहरुको राहतका लागि सीएसआर फण्ड, क्लाइन्ट प्रोडक्सन फण्ड होस् वा  बैंक र वित्तीय संस्थाहरुसँग रहेको फण्डको प्रयोग गर्नुपर्ने उनको भनाई छ।

त्यसैगरी  बदनियतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्ने, एउटा ऋणीले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने र सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म पुर्याउनु  पर्ने र वित्तीय साक्षरतालाई स्थानीय सरकारसँगको साझेदारीमा अगाडि बढाउन उनको सुझाव छ ।

Advertisment

थप समाचार