काठमाडौं : सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्।
आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई सामुदायिक लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ। गत वर्ष कम्पनीले ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद गरी कुल ३३.६८ प्रतिशत लाभांश दिएको थियो ।
यस्तै, किसान लघुवित्त वित्तीय संस्थाले यस वर्ष ७.३६ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार ५३० रुपैयाँ रहेको छ। गत वर्ष यस कम्पनीले भने २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
Advertisment