Below Menu
Below Menu

नेपालमै पहिलो पटक सहकारीमा कियोस्क स्मार्ट बैंकिङ

नेपालमै पहिलो पटक सहकारीमा कियोस्क स्मार्ट बैंकिङ

काठमाडौं : सहकारी संस्थाहरुमा पनि कियोस्क स्मार्ट बैंकिङ सुरु भएको छ । अब कर्मचारी रहित कियोस्क मेशिनबाट २४ सै घण्टा बचत गर्न सकिने छ।

अब सहकारीका सदस्यहरुले कियोस्क टर्मिनलमा गएर आफ्नो रकम जम्मा गर्न सक्नेछन् । प्रभु टेक्नोलोजी र एम बैंकको सहकार्यमा सहकारीमा यस्तो सेवा सुरु गरिएको हो।

हाल देशभर ५ सय भन्दा बढी सार्वजनिक स्थानहरु (अस्पताल, शपिङ सेन्टर, स्कुल, एरपोर्ट र विभिन्न पसल) मा प्रभु टेक्नोलोजीका कियोस्क टर्मिनल रहेका छन् । सहकारीका सदस्यहरु कियोस्क मेशिनमा गई स्क्रिनमा सहकारीको नाम र आफ्नो खाता नं टाईप गरी चाहेको रकम जम्मा गर्न सक्छन् । मेशिनले नगद जम्मा भएको भौचर समेत प्रदान गर्दछ। बचत मात्र नभई कर्जा रकम भुक्तानी पनि गर्न सकिने एम बैंकले जनाएको छ ।

मेशिनमा नेपाली नोटहरु पहिचान गर्ने प्रविधि जडान भएको हुँदा सहज तरिकाबाट रकम जम्मा गर्न सकिने एम बैंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले जानकारी दिए । सहकारी क्षेत्रमा पहिलो पटक चन्द्रागिरी बचत तथा ऋण सहकारीबाट सेवा सुरु गरिएको उनले बताए। उक्त मेशिनबाट न्युनतम एक सय रुपैयाँ र सो भन्दा बढी रकम जम्मा गर्न सकिने छ ।

जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने ‘एम बैंक’ले सहकारीबाट बैंकमा रकम ट्रान्सफर सेवा, विभिन्न वालेटमा लोड, क्यू आर भुक्तानी, सम्पूर्ण युटिलिटी पेमेन्ट, शेयर खरिदको भुक्तानी, राजश्व भुक्तानी, ट्राफिक जरिवाना, एस सी टि एटिएम सेवा, पाठावो टुटल भुक्तानी, रेमिटेन्स लगायत विभिन्न सेवा सेवा संस्थाले प्रदान गर्दै आएको छ ।

कम्पनीले हालसम्म करिब ६ सय ५० भन्दा बढी सहकारी संस्थालाई डिजिटलाइजेशनमा जोडेको छ।

Advertisment

थप समाचार