Below Menu
Below Menu

शेयर बजार झिनो अंकले बढ्यो

शेयर बजार झिनो अंकले बढ्यो

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ३.८३ अंकले बढेको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८५८.८९ अंकमा उक्लिएको छ ।

आज २५१ कम्पनीका २६ लाख ९९ हजार ३ सय ३१ कित्ता शेयर किनबेच हुँदा ८८ करोड ६० लाख ९८ हजार ५ सय ६८.३८ रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।

Advertisment

थप समाचार