काठमाडौं : नेचुरल मिडिया प्रा.लि.द्वारा प्रकाशित सहकारी क्षेत्रको पहिलो डिजिटल पत्रिका सहकारीखबर डट कमका सम्पादक काजी श्रेष्ठ ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी- २०७८/०७९’ पुरस्कारबाट पुरस्कृत भएका छन् ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कून)ले दोस्रो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठ पुरस्कृत भएका हुन् । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले श्रेष्ठलाई नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
विगत १२ वर्षदेखि आर्थिक तथा सहकारी पत्रकारितामा क्रियाशिल श्रेष्ठ तीन वर्षदेखि सहकारीखबर डट कमको सम्पादकको भूमिकामा छन् ।
नेपालको सहकारी क्षेत्रमा सकारात्मक घटनाक्रमलाई समाचार, सूचना, श्रव्यदृश्यमार्फत आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारीमा भएका विकृती विसंगतीहरुबाट सहकारी क्षेत्रलाई सुसूचित गर्न सहकारी पत्रकारितामार्फत खेलेको भूमिकाको कदर गर्दै पुरस्कृत गरिएको सम्मान पत्रमा उल्लेख छ ।
Advertisment