काठमाडौं : काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान बारिस्टासम्म मात्र सीमित राखिनन् । उनी आरोही पनि हुन्, उद्यमी र मिस शेर्पा २०१८ पनि । उनको नाम हो—दाबुटी...