काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
शुक्रबार जेठ १० गते मात्र ३५ अर्ब तानेको बैकले पुनः १४ द...