कमलामाई : सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरुमा भने चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरु हतारोमा छन्, कोही गफमा मस्त । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदै छन्, पुजन बस्नेत ।
पुजन सिन्धुलीको तीनपाटन गाउँपा...