विषयप्रवेश
अर्थतन्त्रको सबलीकरणको लागि आर्थिक विकासको समग्र पक्षमा राज्यले लिने नीति अर्थात् समष्टिगत आर्थिक नीतिले देशको अर्थतन्त्रलाई मार्गदर्शन गर्दछ । यसैका आधारमा वित्त नीति, मौद्रिक नीति तथा अन्य क्षेत्रगत नीतिहरू तय हुन्छन् । यी नीतिहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा व्यवस्थापन भ...