आइएमई ग्रुपको चार अर्बको मेगा प्रोजेक्ट: होटल र क्यासिनोसहितको ‘जाल्पादेवी केबलकार’ निर्माण तीव्र
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपले देशका विभिन्न क्षेत्रमा केबलकार पूर्वाधार विस्तारलाई तीव्र बनाएको छ ।
यसैक्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा निर्माणाधीन जल्पादेवी केबलकार परियोजना कम्पनीको सबैभन्दा महत्वाकांक्षी पर्यटन योजनाम...