महानगर यातायात अब देशभरः २० विद्युतीय बससहित मोफसलका तीन प्रमुख शहरमा सेवा विस्तार
काठमाडौं : महानगर यातायात प्रालिले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या...