एआई, श्रम गतिशीलता र जलवायु चुनौती सामना गर्न निजी क्षेत्रसँग रणनीतिक साझेदारीको आह्वान
काठमाडौं : अब विकासमा निजी क्षेत्रलाई संलग्न गराउनुपर्छ कि पर्दैन भन्ने प्रश्न रहेन बरु कृत्रिम बुद्धिमत्ता (एआई), बढ्दो श्रम गतिशीलता तथा जलवायु परिवर्तनले तीव्र रूपमा परिवर्तन गरिरहेको विश्वमा यस्तो संलग्नतालाई कसरी संस्थागत, अनुकूलित र विस्तार गर्न सकिन्छ भन्ने प्रश्न प्रमुख बनेको छ।
राजध...