काठमाडौं : १५ वर्षपछि सात नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स पाएका छन् । पूर्वाधार पूरा गरी निवेदन दिएका आठ कम्पनी मध्ये सात कम्पनीले लाइसेन्स पाएको हो ।
आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो । लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज लि., क्यापिटल म्यास सेक्युरिटिज लि., हिमालयन ब्रोकरेज कं लि., सन सेक्युरिटिज प्रा.लि., मियो सेक्युरिटिज प्रा.लि., सेयरप्रो सेक्युरिटिज प्रा.लि. र प्रोपर्टी विर्जाड लि. रहेका छन् ।
धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ वटा कम्पनीले पूर्वस्वीकृती (एलओआई) पाएका थिए ।
Advertisment