Below Menu
Below Menu

कृषि विकास बैंककाे अध्यक्षमा पुडासैनी

कृषि विकास बैंककाे अध्यक्षमा पुडासैनी

काठमाडौं : पूर्व राजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष भएका छन्।

बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो। यसअघि अर्थ मन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो।

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए।

Advertisment

थप समाचार