आईएमई को-अपरेटिभसँग २१.९२ प्रतिशत
काठमाडौंको कान्तिपथमा मुख्य कार्यालय रहेको आईएमई को-अपरेटिभसँग २१.९२ प्रतिशत अर्थात् १ अर्ब ७६ करोड रुपैयाँ तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत विवरण अनुसार संस्थाको सेयर पुँजी ४२ करोड २० लाख, जगेडा कोष २९ करोड २१ लाख र अन्य कोषमा ९ करोड २८ लाख रुपैयाँ रहेको छ ।
विवरण अनुसार कुल बचत ८ अर्ब ४ करोड रुपैयाँ, लगानी ७ अर्ब २२ करोड, संस्थागत पुँजी ७८ करोड ५९ लाख र कुल सम्पत्ती ९ अर्ब ६८ करोड रहेको छ । ७ हजार ८ सय ५९ जना सदस्य रहेको संस्थाले १ हजार ६४ जनालाई ऋण लगानी गरेको छ।

पोखरा रोयलसँग २४.८० प्रतिशत
कास्कीस्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा पुष मसान्तमा तरलता रकम ४१ करोड ६१ लाख ९४ हजार रुपैयाँ अर्थात २४.८० प्रतिशत तरलता रहेको छ ।
संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी २१ करोड ६ लाख, जगेडा कोषमा १५ करोड ७३ लाख, विभिन्न कोषहरुमा ११ करोड ९८ लाख रुपैयाँ, कुल संस्थागत पुँजी १५ करोड ८८ लाख रुपैयाँ, बचत संकलन १ अर्ब ६७ करोड ७७ लाख, ऋण लगानी १ अर्ब ७८ करोड रुपैयाँ र कुल सम्पत्ती २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
त्यस्तै ८ हजार ७ सय ७७ जना संस्थाको सदस्य रहेको छ।

किसान बचतमा २४.४३ प्रतिशत
नवलपुरको गैंडाकोटस्थित किसान बचत तथा ऋण सहकारीमा माघ मसान्तमा २४.४३ प्रतिशत अर्थात ६६ करोड ८ लाख रुपैयाँ तरलता छ । संस्थाले प्रकाशित गरेको माघ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार माघसम्ममा २ अर्ब ७० करोड रुपैयाँ बचत संकलन गरेको छ । त्यस्तै कर्जा प्रवाह २ अर्ब ४३ करोड रुपैयाँ छ ।
३३ करोड ६७ लाख रुपैयाँ शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १७ करोड ३९ लाख रुपैयाँ छ । कुल संस्थागत पुँजी १९ करोड १५ लाख, अन्य कोष ३ करोड ३० लाख रुपैयाँ छ ।
८४ हजार १४७ सेयर सदस्य रहेको संस्थाले १३ हजार ७०३ जनालाई ऋण लगानी गरेको छ।

जनउत्थान बचत २३.४१ प्रतिशत
रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा २३.४१ प्रतिशत अर्थात ५७ करोड ७२ लाख रपैयाँ तरलता छ । संस्थाले प्रकाशित गरेको अपरिष्कृत मासिक वित्तीय विवरण अनुसार २ अर्ब ४६ करोड ५२ लाख बचत संकलन र २ अर्ब ४८ करोड ५९ लाख रुपैयाँ ऋण प्रवाह गरेको छ ।
३० करोड ३४ लाख शेयर पुँजी रहेको संस्थाको २४ करोड ९ लाख जगेडा कोषमा छ । यस्तै ४ करोड ९३ लाख कर्जा जोखिम कोषमा छ । ३८ हजार ९७० जना सदस्य रहेको संस्थाले १० हजार ८८ जनालाई ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ।

बिन्धवासिनी बचतमा २०.८५ प्रतिशत
काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा माघ महिनामा तरलता २०.८५ प्रतिशत रहेको छ ।
संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार शेयरपुँजी ४६ करोड ७२ लाख, जगेडा कोष ३० करोड ९१ लाख, विभिन्न कोष १३ करोड ९९ लाख रहेको छ ।
त्यस्तै कुल बचत ३ अर्ब ४ करोड २९ लाख र लगानी ३ अर्ब ४९ करोड ९३ लाख रहेको छ । ४ अर्ब ४२ करोड ९ लाख कुल सम्पत्ती रहेको संस्थाको संस्थागत पुँजी ३१ करोड ५७ लाख रहेको छ । ४८ हजार २ सय ६० जना सदस्य रहेको संस्थाले ११ हजार ८ सय ७७ जनालाई ऋण लगानी गरेको छ।

Advertisment