रौतहट : गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा निकै अगाडि नै राजस्व संकलन पूरा गर्ने भएको छ । आर्थिक वर्ष सकिन साढे दुई महिना बाँकी रहँदै कार्यालयले तोकिएको लक्ष्यको ९८.५१ प्रतिशत राजस्व संकलन गरिसकेको छ ।
भन्सार कार्यालयको वार्षिक लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेक...